अभिनेता सुनिलका छोरा अहानको ‘तडप’को फस्टलुक सार्वजनिक

बलिउडमा स्टार अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले अभिनय गरेको फिल्म ‘तडप’ को फस्टलुक सार्वजनिक भएको छ । यो फिल्मको फस्टलुकलाई अभिनेता अक्षय कुमार र अजय देवगणले सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् । 

फिल्म ‘आरएक्स १००’ नामक साउथ फिल्मको रिमेक हो । यो फिल्ममा अहानको जोडीको रुपमा अभिनेत्री तारा सुतरिया रहेकी छन् ।
नाडियाडवाला ग्रान्डसन प्रोडक्शनको ब्यानरमा यो फिल्मको फस्टलुकमा अहान र तारा एक अर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।

आगामी सेप्टेम्बर २४ तारिखबाट फिल्मलाई रिलिज हुने घोषणा समेत गरिएको छ । छोराको पहिलो फिल्म भएकाले पनि अभिनेता सुनिल निकै भावुक बनेको छन् । उनले फिल्मको फस्टलुक सार्वजनिक गर्दै गर्दा सुनिल भावूक शब्द लेखेका छन् ।