कविराजको ‘मिरर’मा आर्यन र उपासना

नेपाली फिल्मक्षेत्रमा नृत्य निर्देशनमा रुपमा नाम चलेको कबिराज गहतराजले फिल्म निर्देशकमा समेत हात हाल्ने भएका छन् ।

कविराजले बनाउन लागेको नयाँ फिल्मको नाम ‘मिरर’ हो । यो फिल्मको बिषयमा निर्माणपक्षले आन्तरिक रुपमा तयारी गरिरहेको छ ।

यो फिल्मका लागि कविराजले नायकमा आर्यन सिग्देललाई अनुवन्धित गरिसकेका छन् । आर्यन अहिले फिल्म ‘डिसेम्बर फल्स’को छायांकनमा व्यस्त छन् । भने यस फिल्मको हाल ७० प्रतिशत छायांकन सकिएको छ ।

कविराजको फिल्म मिरर को लागि अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरीलाई अफर गरिएको छ ।

स्रोतका अनुसार उपासनाले यो फिल्मको कथा मन पराएकी छिन् । तर, उनले फिल्मको निर्माणपक्षसँग लिखित संझौता भने गरिसकेक छैनन् ।

आर्यन र उपासनाको जोडीले पहिलोपटक अभिनय गरेको फिल्म ‘डिसेम्बर फल्स’को छायांकन अझै ३० प्रतिशद जति बाँकी रहेकने छ । यसैविच, उनीहरु नयाँ फिल्म ‘मिरर’का लागि पनि जोडी बाधिने तयारीमा छन् । फिल्ममा आर्यन र उपासनासँगै प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहनेछ ।

उपासनालाई महानायक राजेश हमाल कमब्याक अभिनित फिल्म ‘सत्यम्’को पनि अफर गएको छ । उनले यो फिल्ममा पनि साइन गरेकी छैनन् । फिल्म ‘सत्यम् र मिरर’को छायांकन सेड्यूल जुध्ने अवस्था आयो भने उपासनालाई समय मिलाउन समस्या आउनसक्ने भएकाले उपाशनाले यी दुबै फिल्ममा साइन गरेकि छैनन् । तर, उपासनालाई दुबै फिल्मको कथा मन परेको वुझिएको छ ।

अनमोल केसी स्टार फिल्म क्याप्टेनबाट फिल्मक्षेत्रमा प्रबेश गरेकि उपाशनाले त्यसपछि सुपरहिट फिल्म कबड्डिको सिक्वेल कबड्डि कबड्डि कबड्डि मा अभिनय गरेर सफलता पाइसकेकि छिन । त्यसयता उनलाई धेरै नै फिल्मको अफर आउने गरेको पाइन्छ ।

साथै भर्खरै निर्माण घोषणा गरिएको फिल्म कबड्डिको चौथौ सिक्वेलमा समेत उपाशनाको सम्भावना रहेको अनुमान गर्न सकिन्छ ।