हार्वर्ड विश्वविद्यालयमा पढ्न जाँदै पूर्व मिस नेपाल शृङ्खला

पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वविद्यालय हार्वर्डमा अध्ययनका लागि जाने भएकी छन् । विश्वकै चर्चित उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।

शृङखला नेपालमा आर्किटेक्चरमा स्नातकसम्मको गरेकी छन् ।हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् ।

उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् । खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।