निर्माताको सहमती बिना फिल्म ‘पोइ पर्‍यो काले २’ को निर्माण घोषणा

पछिल्लो केही सफल नेपाली फिल्महरुको सिक्वेल धमाधम बनिरहेको छ । यसरि सिक्वेल भन्दा प्रायजसो फिल्मका निर्माताहरुले राम्रै कमाइ गरिरहेका छन् । यसका केही उदाहरणमा नाइ न भन्नू ल, छक्का पन्जा, ए मेरो हजुर , प्रेमगीत, कबड्डि लगायत रहेका छन ।

यहि क्रममा गतबर्ष प्रदर्शनमा आएकाे फिल्म पोइ पर्यो कालेको सिक्वेल घोषणा गरिएको छ । सिक्वेलको घोषणासंगै फिल्ममा नव अभिनेता दिक्पाल कार्की अनुबन्ध भएको साथै निर्देशक शिशिर राणासंग कागजी सम्झौता गरिएको फोटो बाहिरिएको थियो ।

दिक्पालले उक्त फोटो र समाचार सेयर गर्दे आफ्नो जन्मदिनको अबसरमा फिल्ममा आबद्व भएको प्रति फिल्म निर्माण टिमलाइ धन्यबाद दिइरहेका बेला यता फिल्मका निर्माता किरण नेपालीले भने न्युज र फिल्मको सिक्वेलको बिषयमा असहमति जनाएका छन ।

उनले सामाजिक संजाल मार्फतनै यो कुरा कुनै आधिकारिक नभएको र यस बिषयमा घोर आपति जनाएका छन् ।

उनले नेपाल घटनालाई फिल्मको बारेमा कुनै सरसल्लाहा नभएको र निर्देशक शिशिर र न नायक दिक्पालको स्व मर्जिले घोषणा गरेको भने आधिकारिक रुपमा सिक्वेलको घोषणा नभएको बताए ।

सिक्वेल बनेपनि २ बर्षपछि बन्ने र फिल्मको नाम “पोइ पर्यो बुढो” रहने समेत बताएका छन ।

अहिले यस फिल्मको निर्माण कम्पनि रेड वर्ड प्रोडक्सनको ब्यानरमा फिल्म २ नम्बरीको काम भइरहेको छ । त्यसलगतै अर्को एक प्रोजेक्टपछि मात्र यस फिल्मका सिक्वेलको काम थालिने कुरा पनि किरनले बताएका छन् ।

२०७६ कार्तिकमा प्रदर्शन भएको यस फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । मान्छेको रुपभन्दा मन सफा हुनुपर्छ भन्ने कथावस्तुमा निर्माण भएकाे फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, राजाराम पौडेल , गोपाल ढकाल(छन्दे), शिशिर राणा लगायतको अभिनय रहेको थियो ।