आर्यन पनि दुर्गेसको साथ खोज्दै


भाइरलकै त जमाना हो यो । हिट हुन पर्यो के जसरी पनि । जे जे आउँछ मज्जाले पचाउँछ भने जस्तै भयो भनेर भनौ । अभिनेता पल शाह विवादस्पद गायक दुर्गेस थापाको नजिकका साथी भैसके । अभिनेता राजेश हमालले दुर्गेससँग भिडियो खेलिसके । भिडियोले पानी पनि भन्न पाएन ।

दुर्गेस चलेका छन् । उनका गीत चल्छन् । कहिलेकाही विवाद पनि हुन्छ । तर, फिल्म नचलेको बेलामा दुर्गेस चलेका छन् भनेर भनौ । पल, राजेशपछि अब अभिनेता आर्यन सिग्देल पनि दुर्गेसको साथ खोज्दै छन् । विवादमा पर्ने गायकको साथ खोज्दै आर्यनले शिवरात्रीको गीतमा काम गरे भनेर भनौ ।

उनले, दुर्गेससँग सालै छ सालै बोलको शिवरात्रीको गीतमा काम गरेको भनेर फोटो राखिरहेका छन् ।

आर्यनलाई स्टारडम फर्काउनु छ भनेर भनौ । फर्काउनका लागि उनी फिल्म खेलिरहेका छन् । फिल्म चलेको छैन । दुर्गेससँग खेल्दा भाइरल भइने भन्ने आशा हो कि आर्यनलाई नी ।