ट्विटरमा किन ट्रेन्ड भयो ‘अजय देवगण कायर हो’

भारतमा लामो समयदेखि तीन नयाँ कृषि कानूनविरुद्ध किसानहरूको आन्दोलन जारी छ।

बलिउडका कतिपय कलाकारले यस विषयमा खुलेर राय दिएका छन् भने कतिपयले केही बोलेका छैनन् ।

बलिउडका कलाकारले यो बिषयमा साथ नदिएको भन्दै उनीहरु आक्रोशित छन्। मंगलबार बिहान लगभग साढे १० बजे एउटा भिडियो सामाजिक संजालमा भाइरल भयो। भिडियोमा थिए नायक अजय देवगण।

उनी फिल्मको शूटिङका लागि फिल्मसिटी गइरहेका थिए। फिल्मसिटीको गेटमा पुग्नै लाग्दा उनको कार रोकेर २८ वर्षका राजदिप सिंह नाम गरेका एक युवकले यस विषयमा किन मौन बसेको भन्दै प्रश्न गरे।

उनले सोधेका थिए, ‘किसानहरूले आन्दोलन गरेको १०० दिनभन्दा बढी भइसकेको छ। राजदिप सिंह नाम गरेका ती यूवकले अजयलाई कृषकहरुको आन्दोलनमा किन साथ नदिएको भन्दै लाज मान्न भनेका छन् । भिडियोमा अजय कार भित्र छन् र यूवकको प्रश्नमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

करिब १५ मिनेट अजयको कार त्यहीँ ठडियो। त्यसपछि हल्लाखल्ला भयो। प्रहरी आएर अजयलाई बाहिर निकाले।

मंगलबार बिहान साढे १० बजे यो घटना भएको थियो । पछि प्रहरीले राजदिपलाई पक्राउ गर्यो। अजयका वडिगार्डले प्रहरीमा उजुरी दिएपछि राजदिप पक्राउ परेका हुन्। उनलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।

यता युवकले अजयसँग किसान आन्दोलनको कुरा गर्न मात्र चाहेको प्रत्यक्षदर्शीहरूले बताए। यस घटनापछि सामाजिक सञ्जालमा ‘अजय देवगण कायर हो’ भन्दै ट्रेन्ड चलेको थियो।

कृषकहरुले लामो समयदेखि सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोध गर्दै आन्दोलन गरिरहेका छन् । तर, बलिउडका कलाकारले यो बिषयमा साथ नदिएको भन्दै उनीहरु आक्रोशित छन् ।

यता केही समय अगाडि पनि नायिका जान्हवी कपुरको नयाँ चलचित्रको छायांकनमा कृषकहरुले अवरोध खडा गरेका थिए।