चैतमा ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को आयोजना

‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागीता बारे जानकारी गराएको हो ।
प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुनेछ । बानेश्वरस्थित होटल रानी महलमा आयोजना हुने अडिसनमा सहभागीताका लागि अनलाईन मार्फत र ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहल र आदिकारिक फेसबुक अकाउन्टबाट आवेदन फर्म भर्न सक्नेछन् ।
प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागीताका लागि आवेदन दिन सक्नेछन् । विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविस्य सुधार्ने उदेश्य रहेको प्रतियोगिता ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।
शीर्ष सहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यास्त कोरियोग्राफर हुन् । प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।


प्रतियोगीताको बिजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् । ‘मिसेस नेपाल ग्ल्याम’को उपाधि यस अगाडि अलाइजा महर्जन, मिनु प्रधान लगायतले जितेका थिए । अलाइजाले ‘मिसेस इन्टरनेशनल २०१८’ प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्यु अल ब्यूटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्र्याएकी थिइन् ।
गत बर्ष कोरोना कारणले आयोजना यो प्रतियोगीता आयाेिजना हुन सकेको थिए । यसबर्षबाट त्यसले फेरि निरन्तरता पाएको हो ।