उषालाई पलको यस्तो साथ


अभिनेता पल शाह र मोडल उषा उप्रेतीले एक अर्कालाई अथाहा प्रेम गरेका छन् । उनीहरुको प्रेमले भरिएको यस्तो माया बोलको गीत सार्वजनिक भएको छ ।

गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीतमा उनीहरुले अभिनय गरेका हुन् । यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ ।

सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अथाहा प्रेम र समर्पणलाई बोलेको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।