जसितासँग भूवनले वाचा पुरा गर्लान् त ?


भूवन केसीको फिल्म बन्छ भनेर भन्दा भन्दै कहिले बन्छ भन्ने थाहा नहुने । बन्ने भनेका फिल्म बन्दैनन् । बनेका फिल्म कसरी बन्छन् भन्न नसकिएला । एन्टी हिरो बनाउँछु भनेर लागेका हुन् । फिल्म पारसमा मन बस्यो उनको । अब के केमा बस्ने हो भनेर भनेर भनौ ।

भूवन केसीले अभिनेत्री जसिता गुरुङसँग वाचा गरेका छन् एउटा । वाचा के भन्दा, आई एम ट्वान्टी वानको छायांकन त सकियो । अब, ब्रेक लिए । म पारस सकेर एन्टी हिरोको काम सुरु गर्छु । यो भन्दा अघि अरु फिल्म नगर्नु ।

वैशाख, जेठबाट नै काम सुरु हुन्छ भनेका छन् उनले जसितालाई । यही भएर हो के भनेर भनौ, जसिता आई एम ट्वान्टी वानको छायांकन सकेर लण्डन जानेछिन् । लण्डनबाट आएर एन्टी हिरोको छायांकन सुरु गर्नेछिन् । तर, पारस नै कहिले हो कहिले भाको छ । एन्टी हिरो बनाउलान् त भूवन केसीले भनेर भनौ ।

बनाए पनि कहिले हो बनाउने । जसिता फेरि कुरेको कुरै होलिन् नी ।