कोभिड–१९को महामारीपछि नेपथ्यको ‘यो जिन्दगानी’ (भिडिओ)

कोभिड–१९ महामारीको एक वर्ष पछि नेपथ्यले पुनः साँगीतिक माहोललाई निरन्तरता दिने भएको छ ।

गएको वर्ष यतिबेलै नेपथ्य ब्यान्डले सांगीतिक प्रस्तुति गरेको थियो। यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ स्रोता तथा दर्शकसामु प्रस्तुत गर्दैछ ।

गत वर्षको फागुन १७ गते भएको त्यो प्रस्तुति भूकम्पको कारण क्षतिग्रस्त दोलखाको एक सरकारी विद्यालय निर्माणका लागि आयोजना गरिएको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुति बन्न पुग्यो।

लामो लकडाउन र महामारीपछि अब समय फेरि बदलिने संकेत सुरु भएको छ। गएको हप्तादेखि वसन्त ऋतुको आगमनसँगै मौसममा पनि त्यो परिवर्तनका संकेत देखिँदैछ।

महामारीका कारण गर्नुपरेको विश्रामपछि नेपथ्यले आफ्नो एउटा सदाबहार हिट गीतको ‘लाइभ भिडिओ’ सार्वजनिक गरेको छ।

धेरैले मन पराएकाे र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो – ‘जीवन हो घाम छाया, सुख दुःख दुबै हुन्छ’

परिस्थितिसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो। यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना यस गीतले बोकेको छ। यो गीत नेपथ्यले दुइ दशकअघिको चर्चित एल्बम ‘रेशम’मा समेटेको थियो।

यो गीत पोखराका संगीतकर्मी श्यामसुङ तामाङले तयार पारेका हुन्। ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गर्थ्यौं,’ गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मन परेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं।’

“गीतको रेकर्ड गर्नुअगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौं,” गायक अमृत  सम्झन्छन्, “असाध्यै मनपरेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं ।”

तर, त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन् ।

“आफ्नो ब्याण्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’” गुरुङ सम्झन्छन्, “त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेरसार्वजनिक पनि गर्यो । यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोश्रोपटक उनलाई अनुरोध गरेँ ।” दोश्रोपटक भने उनीबाट पाएको अनुमति अनुसारै गीतको रेकर्डिङ गरिएको अमृत सम्झन्छन् ।

‘अनुमति पाएसँगै गीतलाई नेपथ्यका टोली बसेर सुन्यौं,’ गुरुङले सम्झे, ‘त्यसपछि तत्कालीन गितारवादक नरेशले नेपथ्य पारामै नवीनता थपेर यसको एरेन्जमेन्ट अघि बढाएका थिए।’

‘आफ्नो ब्याण्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ सम्झन्छन्, ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो।

यसरी तयार भएको गीत पहिलेभन्दा सरल र सहज सुनियो। ‘यसका शब्द पनि पहिलेभन्दा बेग्लै ढंगले सुस्तरी बग्न थालेको थियो,’ गुरुङ
भन्छन्, ‘त्यसै गरी भित्रैसम्म प्रभाव छाड्दै अघि बढेको महशुस भयो।’

गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो। अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर साथ दिन्छन्।

‘कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ।’

यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो।

यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो। पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ

उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडिओ’ तयार पारिएको बताइएको छ।