गायिका बबिना राईको स्वरमा रहेको गीत गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रक्रियामा

गायिका बबिना राईको स्वरमा रहेको गोक्योरी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्व रेकर्डका लागि उच्च स्थानमा रेकर्ड गरिएको उक्त गीत र सोही गीतको भिडियो सार्वजनिक गरिएको छ ।

विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर) मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको हो ।

गीतमा मिलन किराँतीको गीत, विक्रम राईको संगीत रहेको छ । गीतकाे भिडियो सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छांयांकन पनि सोही ठाउँमा गरिएको हो ।

पर्यटन प्रबर्धनको लक्ष्य राख्दै विश्व रेकर्ड कायम गर्ने उदेश्यले विश्वकै उच्च स्थानमा गीत र भिडियो रेकर्ड तथा छायांकन गरिएको हो ।

रेकर्डिङ सिष्टम गोक्योमै लगेर गीत रेकर्ड गरिएको हो । गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रक्रियामा रहेका यो गीत र भिडियो निर्माणमा ४ जनाको सहकार्य रहेको छ । गीतको भिडियो निर्मातामा राजन खरेल, सन्च खालिङ, लक्ष्मण कार्की, पावल राई रहेका छन ।

त्यसैगरि भिडियोको निर्देशन दुर्लभ जन्तरेले गरेका हुन । यस गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण टिमले बताएका छन ।