नाजिर र स्वस्तिमाकाे कमेष्ट्रि सुहाउदाे ‘काली’ (भिडियाेसहित)

अभिनेता नाजिर हुसेन र अभिनेत्री स्वस्तिमा खडका मिल्ने साथि हुन । यी दुइले अभिनय गरेकाे फिल्म हाेस्टल रिटर्नस यता फिल्ममा संगै नदेखिएपनि सञ्चार माध्यमहरुमा आफुहरु मिल्ने साथि रहेकाे बताउने गर्दछन ।

दुबैले उक्त फिल्मयता पछाडि फर्केर हेर्नू परेकाे छैन । स्वस्तिमाकाे उक्त फिल्म डेब्यु रहेकाे थियाे भने नाजिरकाे दाेस्राे रहेकाे थियाे ।

पछिल्लाे समय उनीहरुले मुना, मुखैमा रामराम बगलीमा छुरा लगायतमा भिडियाेमा आफ्नो अभिनय स्तरको प्रमाण दिइसकेका छन् ।

यही क्रममा यी जोडीको अभिनयमा म्यूजिकल फिल्म ‘काली’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको गीतलाई अभिनयमार्फत् नाजिर र स्वस्तिमाकाे दमदार अभिनय रहेकाे छ ।

अधिकांश युवतीको जीवनमा एउटा केटा साथी हुन्छ, जोसँग उसले सबै भावना साट्न सक्छे । अझ भन्दा दु:ख बिसाउने चौतारीको रूपमा केटा साथी रहेको हुन्छ । काली (स्वस्तिमा) को दु:ख बिसाउने चौतारी काले (नाजिर) बनेको छ ।

कालीको प्रेमी भने उसलाई छोडेर शहर गएको छ । ‘मेन्डोलिन’ को सहारामा काले काली सुखदु:ख साटासाट गर्छन् । कालेले बजाउँदा काली रमाउँछे । छोडेर गएको प्रेमी लामो समय सम्पर्कमा आउँदैन । याद मेटाउन कालेले गीत गाउँछ ।

दुई हप्ता पछि कालीको प्रेमीले अर्कै केटीसँगको तस्वीर फेसबूकमार्फत् सार्वजनिक गर्छ । यो वेदना साट्नसमेत कालेकै साथको खाँचो छ । अन्तमा कालीले अब नरुने र काले ‘साथी’ सँगै खुसी हुने बताउँछे ।

भिडियोकाे निर्देशन हरि हुमागाईँले गरेका छन् । गीतमा पुष्पनको स्वर शब्द र सङ्गीत रहेको छ । पुष्पन कै कथा र कन्सेप्ट रहेको भिडियो उत्तम प्रधानले खिचेका हुन् ।