पञ्जाबी गीतमा नेपाली माेडल लक्ष्मी

नेपाली मोडल लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीत ‘अम्ब्रान दे कागज’ को म्युजिक भिडियो सर्वाजनिक भएको छ ।


गीतलाई पन्जाबी गायक तरुण ऋषिले गाएको हुन । सार्वजनिक गीतकाे भिडियाे च्यान तेराकोट्टा म्युजिमार्फत सर्वाजनिक गरिएकाे हो।

कुलवन्त गरैयाले लेखेकाे गीतमा तरुण ऋषिकै संगीत भने भिडियाेकाे निर्देशन मयुरेश वाड्कर र राज बैकरले गरेका हुन । भिडियोमा लक्ष्मीलाई मानव यादवले साथ दिएका छन् ।

बलिउडमा मोडलिङमा भविष्य खोजिरहेकी लक्ष्मी दुई वर्षयता मुम्बईमै छिन् । दुई बर्षयता लक्ष्मीले अन्य केही म्युजिक भिडियो, वेवसिरिज, विज्ञापनमा काम गरिसकेकी छिन् । लक्ष्मीले डेब्यू म्युजिक भिडियो ‘तु रहने दे’बाट पानस इमेज अवार्डमा उत्कृष्ट नवअभिनेत्रीको अवार्ड पनि जितेकी थिइन्।