टिकटकबाट भाइरल बनेका स्मारिका र समारिका ह्याण्डसम सन्दीपको पछि लागे

लोकप्रिय गायक  सन्दीप न्यौपानेले लालुमैको  सफलतासँगै नयाँ गीत सान्बाबुको भिडियो सार्वजनिक गरेका छन् । जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ ।

संगीत संयोजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा  टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन  विष्णु शर्माले गरेका हुन् ।

शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेन, लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा कमाएका छन् ।