र्‍याम्पमा फेसन डिजाइनर

चैत १३ गते फेसन डिजाइनरहरुको प्रतिस्पर्धामत्क याम्प शो ‘ड्रेस टु इम्प्रेसन’ आयोजना हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले शो आयोजना गर्न लागेको हो । यस शोमा ‘ड्रेस टु इम्प्रेस’मा डिजाइन भएका पहिरनमा र्याम्पमा प्रस्तुत गरिनेछ ।

आईआईएफटीका बिद्यार्थीहरुको सहभागीता रहने शो आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले आयोजना गर्न लागिएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले बताए । उनले आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा भाग लिने जानकारी दिए ।

११५ डिजाइनरको सहभागीता रहने शो पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुनेछ । सबै मोडल डिजाइनर कोरियोग्राफी विपना थापाको प्रशिक्षणमा र्याम्पमा उत्रिनेछन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिबे्रटीमाझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्रि–जर्जिङ राउण्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए । प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् ।