आफ्नै कपालका कारण विवादमा अनमोल : लेखे,‘मेरो अनाडी कपाल’

अभिनेता अनमोल केसीले अहिलेसम्म कुनै फिल्ममा हात हालिसकेपछि मात्रै अर्को फिल्ममा अभिनय गर्ने गरेका छन् । उनले आफ्नो एउटा सिद्धान्त नै बनाएका छन् । त्यो हो, ‘एउटा फिल्मको छायांकन पूरा नभएसम्म अर्को फिल्ममा हात नहाल्ने ।’

उनको सिद्धान्त अनुसार अहिलेसम्म चल्दै आएका पनि थिए । तर, अव भने उनले आफ्नै सिद्धान्त कुल्चिदैछन् । कोरोना महामारी र लकडाउन खुकुलो हुँदा छायांकन थालिएको फिल्म ‘ए मेरो हजुर ४ ’को छायांकन सकिएको छैन । फिल्मको यही फागुन २७ गतेबाट फिल्मको बाँकी छायांकन सुरु गर्ने निर्माण पक्षले जानकारी दिदै आएको छ । यसका लागि अनमोल आफ्ना लागि ज्यान बनाइरहेको छन् भने कपाल उनको निकै छोटो रहुन पर्ने देखिन्छ ।
तर, यता अनमोल आफ्नै होम प्रोडक्सनको फिल्म ‘पारस’ भने कपाल लामो हुनुपर्नेछ । यस विषयमा दुई फिल्मको टिमबीचको विवाद चर्किएको छ । एउटा फिल्म टिमले कपाल नकाट्न भनेको छ भने अर्कोले काट्न । यसको विवाद अहिले चर्को रुप चलेको भए पनि अनमोल केसी चुपचाप रहेका थिए ।
हिजो उनै अनमोल केसीले आफ्नो आधिकारिक इन्स्टाग्राममा एक तस्विर पोस्ट गर्दै आफ्नो कपाललाई अनाडी भनेका छन् । उनले लेखेका छन्, ‘ए मेरो अनाडी कपाल ।’

https://www.instagram.com/p/CMCkLnglUOd/?utm_source=ig_embed