‘टिकटक स्टार’को विश्वमा प्रभावशाली सूचिमा परे बिजय बाँनिया

केहि वर्ष यता इन्टरनेटमा नेपाली सहभागिता प्रभावशाली बन्दै गएको छ । नेपाली इन्टरेनट प्रयोगकर्ता सामाजिक संजालमा ब्यस्त हुन थालेका छन् भने यसैमा रहेका टिकटक , फेसबुक, इन्स्टा र भिडियाका लागि युटुव लोकप्रियता मापन गर्ने सूचक बन्न थालेका छन् ।

अहिले टिकटकमा हिट बनेकाहरु धमाधम कलाकार बन्न थालेका छन् भने उनीहरुकै माग बढिरहेको छ । हलिउडमा गतवर्ष नेपाली तन्नेरी अभिनव बस्ताकोटी टीकटक प्लेटफर्मको माध्यमबाट रातारात हिट भए । उनी टिकटककै माध्यमबाट सेलेव्रिटी बने । बेलायती र अमेरिकी अखबारले उनको बारेमा फिचर्ड गर्दै उनको प्रसिद्धीको व्याख्या समेत गरेका थिए ।

यसमा एक नेपाली पनि परेका छन् । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली तन्नेरी विजय बानियाँ (बिज्जु) रहेका छन् । उनी प्रतिष्ठित अष्ट्रेलियाली अखबार डेली टेलिग्राफले बानियाँलाई प्रभावशाली सय व्यक्तित्वको सूचिमा समावेश गरेको छ । समाचारका अनुसार उनी ५४ औं स्थानमा छन् । बानियाँलाई टीकटकमा ९६ लाखले पछ्याएका छन् । त्यस्तै, यस सुचिमा अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र अष्ट्रेलियाली मूलका हलिउड अभिनेताहरु क्रिस हेम्सवर्थ र ह्युग ज्याकम्यान समेत रहेका छन् ।