प्रमोद खरेलको ‘म भन्दा नि–२’ सार्वजनिक

गायक प्रमोद खरेलको चर्चित गीत ‘म भन्दा नि’ को सफलतापछि ‘तिमी बिना बाँच्दिन म भन्ने तिमी’ (म भन्दा नि २) को भिडियो सार्वजनिक भएको छ ।

जसको पहिलो अनि दोस्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनी मेलिना राईले गाएकी थिइन् । अफिसियल भिडियो बिनानै सार्वजनिक गरिएको ‘म भन्दा नि’ को पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड ४५ लाख भ्युज आइसकेको छ भने दोश्रो भाग पनि ८२ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

धेरै श्रोता दर्शकले ‘म भन्दा नि २’ लाई ‘तिमी विना बाच्दिँन म भन्ने तिमी’ बोलबाट पनि चिन्छन् कारण गीत सार्वजनिक भएलगत्तै गीतको तिमी बिना बाच्दिँन म भन्ने भाग टिकटकमा भाइरल भयो । नाम चलेका कलाकारदेखि हजारँौले यो गीतमा टिकटक भिडियो बनाए ।

भिडियोमा आएका अधिकांश कमेन्टहरु सकारात्मक रहेका छन् । पहिलो भागमा पुरुष भर्जनको गाएकी सविन लिम्बुको रहेको थियो जसको भ्युज पनि ४० लाख भन्दा बढी रहको छ । दोस्रो भाग तिमी बिना बाच्दिन म भन्ने तिमी मेलिना राईको स्वरमा सार्वजनिक भएलगत्तै धेरै स्रोता दर्शकले म भन्दा नि २ पुरुष आवाजमा पनि सुन्न चाहेका थिए ।

धेरै श्रोता दर्शकले प्रमोद खरेलको आवाजमा सो गीत सुन्न चाहेको कमेन्टमा चाहना राखेको थिए । सोही अनुरुप प्रमोद खरेलको आवाजमा ‘म भन्दा नि २’ बजारमा आएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेका छ भने रेकर्डिङ अजय सिंह कार्की अनि मिक्सिङ चन्द्र चौधरीको रहेको छ ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई एक्का कम्पनीको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ । सिआरबिटी , पिआरबिटी राख्न चाहने दर्शक, श्रोताहरुको लागि गीतसँगै एनटिसी, एलसेल र स्मार्ट सेलका नम्बरहरु पनि उपलव्ध गराइएको छ ।