मलिका र सोनाल अभिनित ‘ओर आउन माया’ सार्वजनिक

पछिल्लो समयकी चर्चित अभिनेत्री तथा मोडल मल्लिका अभिनित म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक गरिएको छ ।

गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर किरण माइकल घिमिरेको संगीत किरणसंगै सुदिप आत्रेयको शब्द र शैलेन्द्र डि. प्रधानको एरेन्ज रहेको छ ।

भिडियोले आफ्नो रिसाइरहेकी प्रेमीका फकाउन लागिपर्ने प्रेमीको कथा प्रस्तुत गरिएको छ । भिडियोमा मल्लिकासंग सोनाल तामाङले जोडी बाँधेका छन् ।

भिडियोमा मल्लिका सोनालको जोडिलाइ निक्कै सुहाएको देखिन्छ । कलरफुल बनाइएको भिडियोलाई गोदावरी आसपास छायाँकन गरिएको छ ।

लक्ष्मण सुनारको निर्देशन भिडियोमा तुलसा पहाडीको कोरियोग्राफि अरोन असोककुमार सिकाको छायांकन पदम सुवेदीको सम्पादन रहेको छ भने छ भने भिडियोलाई रिता लामाले निर्माण गरेकी हुन् ।