रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ सार्वजनिक

- मेराेफिल्म

पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा आफूलाई मनपर्ने प्रेमिकाप्रति कतिसम्म समर्पित गर्न सकिन्छ भन्ने भाव चित्रण गरिएको छ ।

हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो भिडियो रुबुशा क्रियशनको अफिसियल यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’मार्फत गत सोमबार सार्वजनिक गरिएको हो । यो भिडियोलाई पूर्णरुपमा फिल्मीशैलीमा निर्माण गरिएको छ ।
युगल पोमू लिम्बूले निर्देशन गरेको यस भिडियोमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बो फिचरिङ छन् । कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । यो भिडियो हेरेपछि नेपाली म्युजिक भिडियो पनि स्तरिय बन्दोरहेछ भन्ने आभाष हुन्छ ।

भिडियोमा रुकमानले आफ्नी प्रेमिकाको लागि दृष्टिदान गरेका छन् । भिडियोलाई रोमान्टिक तवरले प्रस्तुत गरिएको भएपनि कथाले उठान गरेको विषय मर्मस्पर्शी छ । अहिलेको आधुनिक जमानामा पनि युवाहरु प्रेममा कतिसम्म समर्पित छन् भन्ने भिडियोको सार हो । गीतको बोल ‘धेरै माया गर्छु’ भनेजस्तै रुकमानले प्रेमिकालाई आफ्नो आँखादान गरे आफूलाई भन्दा बढी माया दिएका छन् । गीतका डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको यस भिडियोलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।

२०७७ फागुन २३ गते ९:२२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *