फोन नउठ्दा अन्तरवार्तामा रिस


अभिनेत्री पूजा शर्माको रिसको कुरा के गर्ने भनेर भनौ । रिस भनेको यस्तो हो कि के हो खै खै ।पूजा शर्मालाई रिस उठ्यो । अभिनेता आकाश श्रेष्ठले फोन उठाएनन् रे । ३० पटकसम्म फोन गर्दा पनि नउठेको भन्ने कुरा आयो ।

आकाशले फोन नउठाएपछि पूजालाई रिस उठेछ । रिस त्यो पनि पूजाको भनेर भनौ, कहाँ पोख्ने पोख्ने भयो ।

भोलीपल्ट नरेश भट्टराइसँग मेरो एउटा साथी छ मा अन्तरवार्ता । पूजा र आकाशकै । अन्तरवार्तामै पूजाले आकाशमाथि रिस पोखिन् । देखियो उनको रिस । गालीको वर्षात । यति गाली आयो पूजालाई उनले स्टाटस लेखिन् ।

पूजा र आकाश फेरि मिले । आए एकैसाथमा । आएर उनीहरुले रिस उठेको बेलामा भएको हो भनेर भने । आकाश पनि माया त हो पूजाको । पूजालाई माया गर्दा मलाई नै माया गरेको जस्तो लाग्छ, गाली गर्दा मलाई नै गाली आए जस्तो लाग्छ भनेर दिए स्पष्टिकरण । ओहो, यो माया के माया ।