आयकर विभागले छापामारेको ४ दिनपछि तापसी दिइन कडा प्रतिक्रिया
बलिउड अभिनेत्री तापसी पन्नुको फ्यान्टम फिल्मस्को कार्यलय र यसका शेयर सदस्यहरुको घरमा छापा मारिएपछि आफ्नो प्रतिक्रिया दिएकी छन् । भारतको आयकर विभागले छापा मारेपछि आफ्नो पेरिसमा घर नभएको प्रतिक्रिया दिएकी छन् ।
केहि दिन अघि अभिनेत्री तापसी पन्नु, निर्माता अनुराग कश्यप लगायतको घरमा पनि आयकर विभागका कर्मचारीले छापा मारेका थिए । यो फिल्म निर्माण कम्पनीका शेयर सदस्यहरुले ६५० करोडको आयकर छली गरेको आशंका आयकर विभागका कर्मचारीले छापा मारेका थिए ।
विभागले छापा मारेको ४ दिनपछि अभिनेत्री तापसी पन्नुले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै तापसीले ट्वीटरमा लेखेकी छिन् ,‘३ दिनसम्मको गहिरो तलासीपछि मुख्य रुपमा ३ वटा कुरा बाहिर आएको छ । पेरिसको जुन कथित बंगलाको साँचो मेरो साथ छ भनिएको छ, उक्त ठाउँमा गर्मी मनाउन म कहिल्यै पनि गएकी छैनँ ।’
उनले ३ वटा ट्वीट गरेकी छिन् । यस्तै, तापसीले अगाडि लेखेकी छिन्–‘पाँच करोड वुझेको कुनै पनि कागज मसँग छैनँ र मैले यस्तो कुनै पनि पैसा लिएकी छैनँ ।’ तापसीले अन्तिममा लेखेकी छिन–‘वित्त मन्त्रीका अनुसार,सन् २०१३ मा मेरो घरमा छापा मारिएको थियो । तर, मेरो घरमा यो मितिमा कुनै पनि प्रकारको छापा मारिएको छैन ।’ यस्तै, फिल्मका निर्माता अनुराग कश्यपले तापसीसँगको तस्वीर शेयर गर्दै आफूहरुले ‘दोबारा’ चलचित्रको छायांकन फेरि सुरु गरेको ट्वीटमा उल्लेख गरेका छन् । फिल्मको छायांकन गर्न लागेको पनि दर्शकमाझ अनुरागले जानकारी समेत दिएका छन् ।
प्रतिक्रिया