‘मेरो हुनेवाला श्रीमान् लुंगीमा बिहेमा सहभागी हुनेछन्’ – जान्हवी

- मेराेफिल्म

बलिउड अभिनेत्री जान्हवी कपुरले भारतिय एक मिडियोमा बिहेको विषयमा कुरा गरेकी छन् ।कुराकानीका क्रममा उनले आफ्नो विहे साधारण हुने प्रतिक्रिया दिएकी छन् ।

जान्हवीले भनेकी छन्,‘मसँग बिहे कस्तो र कहाँ गर्ने भन्ने बिषयमा सुरुवातदेखि नै स्पष्ट तस्वीर छ । म तिरुपतिमा बिहे गर्न चाहन्छु । यो निकै मिठो सम्बन्ध हुनेछ । म बिहेमा सुन, सारी लगाउनेछु । मेरा कपाल निकै नै कर्ली हुनेछ । मेरो हुनेवाला श्रीमान् लुंगीमा बिहेमा सहभागी हुनेछन् । हामी केराको पातमा खान खानेछौ ।’

जान्हवीले आफूले तिरुपतिको यात्रा निकै गर्ने बताउँदै,‘मैले जिन्दगीको सबैभन्दा ठूलो निर्णय आफूले सबैभन्दा धेरै माया गरेको मानिससँग गर्दै गर्दा सबैभन्दा पवित्र स्थानलाई नै रोजेकी हुँ । पहिले पनि म एक आफन्तको बिहेमा सहभागी हुन तिरुपति पुगेकी थिएँ । मलाई उक्त बिहेमा निकै नै रमाइलो लाग्यो ।’

जान्हवीले आफूलाई ठूलो खर्च गरेर तामझामका साथ गरिने बिहे मन नपर्ने बताउँदै भनिन्–‘जब यस्तो ठूलो कार्यक्रममा सबैको ध्यानको केन्द्र भइन्छ, यसले मलाई डर लाग्छ । यस्तो कार्यक्रममा सहभागी हुन मज्जा हुन्छ । तर, आफू नै सबैको ध्यानमा रहँदा मलाई डर लाग्छ ।’
उनको फिल्म ‘रुही’ रिलिजको तयारीमा रहेको छ भने ‘गुड लक जेरी’को छायांकन तयारी छ ।

२०७७ फागुन २३ गते १९:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *