मैथिली सिनेमाका चर्चित कालाकार राउतको निधन

मैथिली सीनेमाका चर्चित कालाकार बद्रि राउतको ह्रदयघात भएर निधन भएको छ ।

मैथिली सीनेमा तथा चर्चित टेली सृंखला हुक्कालोलीका मुख्य पात्र समेत रहेका वद्रि काका नामबाट चिनिने राउत ६० वर्षको उमेरमा आइतवार विहान निधन भएको हो ।

शनिवार अचानक बल्डप्रेसर समस्या भएर जनकपुरधामको काव्या अस्पतालको आइसीयुमा भर्ना भएका राउतको आइतवार विहान ह्रदयघात भएर निधन भएको चिकित्सकले जनाएको छ । ४ छोरी र एक छोराका पिता समेत रहेका वयोवृद्ध अभिनेता राउतले अभिनय कला गरेर पनि पेटको जोहो पुरा गर्न नसकेपछि पिराडी चौकमा नास्ताको पसल संचालन गर्दै आएका थिए । राउतले लगभग ४ ओटा मैथिली सिनेमामा आफनो अभिनय प्रस्तुत गरिसकेका छन भने जनकपुरधामबाट प्रसारण हुदै आएको टिभी टुडे जनकपुरको चर्चित टिभी सिरीयल हुक्कालोलीमा विगत चार वर्ष देखि निरन्तर अभिनय गर्दे आएका थिए । विभिन्न टिभी सिरीयलमा काम गर्दै आएका वयोवृद्ध कालाकार राउतले अहिले सम्म कुनै पुरस्कार समेत पाउन सकेका थिएन ।

हुक्कालोलीका निर्देशक तथा कालाकार विएन पटेलका अनुसार राउतको निधनले मैथिली कला क्षेत्रका लागि ठुलै क्षति भएको वताएका छन । अति नै मिलनसार व्यक्तिका छवी बनाएका राउतलाई जनकपुर टुडेका सम्पादक वृजकुमार यादवले समावेदना व्यक्त गरेका छन ।