‘सनन सनन’ भन्दै आए भुपेन र अनु

गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’को भिडियो सार्वजनिक भएको छ । गीतमा भुपेनकै शब्द र संगीत तथा लोकजी मिजारको एरेन्ज, दीपेन धामीको रेकर्डिङ तथा प्रकाश केसीको मिक्सिङ छ ।

डान्सिङ फ्लेभरको गीतको भिडियोमा नवीन चापागाईं र रितु चौधरी फिचर्ड छन् । भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन छ । भिडियो द कन्टेन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।