‘ए मेरो हजुर ४’ को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

- मेराेफिल्म

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मलाई अर्को वर्ष भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माताले सुनिल कुमार थापाले प्रदर्शन मिती सार्वजनकि गरेका हुन् ।

सार्वजनिक गरिएको पोस्टरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । अनमोलले चुम्बन गर्न खोज्दा सुहाना लजाएको सार्वजनिक पोस्टरमा देख्न सकिन्छ । फिल्ममा अनमोल र सुहानाका अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेका छन् । यस फिल्मको टिमले गायक दुर्गेश थापालाई विशेष भूमिकामा अनुबन्ध छ । उनले यस फिल्मका केही सिनमा पनि अभिनय गर्ने बताइएको छ । फिल्मलाई सञ्जय लामाले खिचेका छन् ।

२०७७ फागुन २४ गते १६:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *