ओटीटीमा सबै भन्दा धेरै हेरियो फिल्म‘कागज’ ,सलमान खानले दिए बधाई

- मेराेफिल्म

फिल्म ‘कागज’ सबै भन्दा बढि ओटीटीमा प्रदर्शन भएको फिल्म मानिएको छ । गत ७ जनवरीमा ओटीटी प्लेटफर्म जी–५ मा रिलिज भएको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

कलाकार सतिश कौशिक निर्देशित तथा अभिनेता पंकज त्रिपाठी अभिनयले फिल्मको विषयवस्तु अनुसार अभिनय गरेका कारण सबै भन्दा धेरै हेरिएको फिल्म भनिएको छ । सलमान खान प्रोडक्सन हाउसले निर्माण गरेको यसफिल्मले ७.३ आइएमडिवी रेटिङ पाएको छ । निर्देशकका अनुसार फिल्म ओटीटी प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने फिल्ममध्ये ‘कागज’ चौथौ नम्बरमा छ ।

फिल्मले राम्रो व्यापार गरेका कारण अभिनेता सलमानसँग पुनः अर्को फिल्ममा सहकार्य गर्ने इच्छा व्यक्त गरेको निर्माण पक्षले जनाएको छ । यस अघि सतिशले फिल्म ‘तेरे नाम’ मा सलमानलाई निर्देशन गरेका थिए ।

२०७७ फागुन २४ गते १७:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *