प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर आफ्नो उनले आफ्नो नयाँ गीतिसँग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन् ।

यी कृतिको अग्रज गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र बिप्लव प्रतिकले बिमोचन गरेका हुन् ।   बिमोचित गीतिसँग्रह प्रेम प्रार्थनामा पाँच वटा गीतहरु छन् । जसमा मेरो हजुर… प्रेम प्रार्थना…, मिल्छ भने एउटा…, सुनन…, किस्ता किस्ता…बोलका गीत छन् । यि सबैगीत प्रतिमाले लेखेकी हुन् । सबै गीतमा अनिल शाहीको संगीत रहेको छ । यी गीतहरुलाई स्वरुपराज आचार्य, इतु जोजिजु, बविता मानन्धर, अस्मिता परियारले गाएका हुन् । गीतिसँग्रहलाई मिडिया ल्यान्डले बजारमा ल्याएको हो ।

यसै एल्बमको तीन वटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । जस मध्य प्रेम प्राथनामा धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ । यस्तै किस्ता किस्ता…मा, संगीतकार अनिल र गायिका अस्मिताले अभिनय गरेका छन् । सुनन…गीतमा भने दिवश श्रेष्ठ, सब्बु शाहीको अभिनय रहेको छ । यस्तै गीति पुस्तक अक्षत अनुरागमा आफुले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीतहरु रहेको गीतकार प्रतिमाले कार्यक्रममा बताईन् ।