अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ को गीत खिचिदै

अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को बाँकी भागको छायांकन सुरु भएको छ । फिल्मको अन्तिम छायांकनका लागि काठमाण्डौको सिहदरबार अगाडी नचाइएको छ ।

बिहिबार बिहान काठमाण्डौको सिंहदरबार अगाडि फिल्मको एउटा गीतको छायांकन गरेको थियो । केहि सिनका लागि फिल्म निर्माण यूनिट डोल्पा लागेको छ । उनीहरुले डोल्पामा रहेको शे–फोक्सुन्डो तालमा फिल्मको एउटा गीत छायांकन गर्ने निर्माण युनिटको तयारी छ ।
विभिन्न कारणले फिल्मको छायांकन रोकिदै आएको थियो । फिल्मको छायांकन लकडाउन अगाडि नै सुरु अनि बन्द र लकडाउन सकिएपछि फेरि छायांकन गरिएको हो ।

पहिलो ,दोस्रो हुदै ‘ए मेरो हजुर ३’ले राम्रै व्यापार गरेपछि निर्देशक झरना थापाले चौथो पार्ट निर्माण गरेकी हुन् । तेस्रो पार्टका कलाकारलाई नै निर्देशक झरनाले निरन्तरता पार्ट चार फिल्ममा दिएकी छन् । फिल्ममा लगानी सुनिलकुमार थापाले छन् भने छायांकन संजय लामाको छ । अनमोल र सुहानाको जोडीलाई फिल्म ‘ए मेरो हजुर ३’मा मन पराइदिएपछि सुनिल कुमार थापाले पार्ट चार पनि निर्माण गरेका हुन् ।