अवार्डमा सहभागी हुन पुगेका पुष्प र श्रद्धा

अभिनेता पुष्प खड्काको नेफ्टा अवार्डमा गेटअपको निकै चर्चा चल्यो । उनी जब कार्यक्रममा सहभागी हुन सोल्टी होटलमा पुग्दा उनको तस्विर खिच्नेको भिड नै लाग्यो । त्यतिले मात्र उनको चर्चा भएको भने होइन् । पुष्पसँगै अभिनेत्री श्रद्धा क्षेत्री पनि साथमा रहेकी थिइन् ।

पहिलो पल्ट एकसाथ फिल्म ‘कृष्ण लिला’मा काम गरेका पुष्प र श्रद्धा कार्यक्रम हलमा पुग्दा हल गुज्जमय भएको थियो । पुष्प र श्रद्धाको जोडी कस्तो देखिन्छ भन्ने कौतुहलता पनि मेटाइदिएका थिए । उनीहरु अभिनित फिल्म ‘कृष्ण लीला’ चैत्र २७ गतेबाट रिलिज हुँदैछ ।