केकीले सार्वजनिक गरिन आफ्नो नयाँ लुक्स

फिल्मको क्यारेक्टर अनुसार अभिनयकर्ताले हाउभाउ तथा लुक्स बदल्ने गरेको देखिन्छ । यहि भिडमा अभिनेत्री केकी अधिकारी पनि देखिएकी छन् । उनले इन्स्टाग्राममार्फत कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन् ।

उनले कपाल खौरिएको बारेमा केहि जानकारी दिएकी छैनन् । कपाल किन खौरिएको भनेर कुनै जानकारी नदिए पनि आगामी प्रोजेक्टका लागि फरक भूमिकामा देखिने संकेत दिएकी हुन् की भन्ने अनुमान लगाउन भने सकिन्छ । केकी केहि फिल्ममा अभिनय गर्ने तयारीमा रहेकी छन् । केकीले नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म निर्माण गरिरहेकी छन् । यो नाटक २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको थियो ।