विश्वप्रकाश बने नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्ष

नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्षमा विश्वप्रकाश गौचन चयन भएका छन् । गत असोज ५ गते विश्वको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा प्रथम विधानसभामा नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो ।

समितिको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा र सदस्यहरुमा माधव थापा, विष्णु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा र चेतनाथ तिमल्सिना चयन भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका निवर्तमान महा–सचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए ।

बोर्ड अध्यक्ष दाहालले संघसंस्थाको आपसी संयोजन हुन जरुरी रहेको बताए । उनले फिल्म क्षेत्रलाई चलायनमान बनाउन फिल्म निर्माण आवश्यक रहेकाले त्यसमा उपकरणको काम महत्वपूर्ण रहेको जनाए ।