आमिरलाई कोरोना संक्रमणभएपछि बसे सेल्फ क्वोरेन्टाईनमा

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको भारतिय आमिरका प्रवक्ताले बताएका छन् । आमिरका प्रवक्ताका अनुसार,‘आमिर खान कोरोना पोजेटिभ भएका छन् ।

उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

बलिउडमा यो भन्दा अगाडी अभिनेता तथा फिल्म निर्माता सतिश कौशिक, कात्र्तिक आर्यनका अलवा रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ ।