बलिउड अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण

बलिउड सेलिब्रेटी लगातार कोरोनाको चपेटामा परेका छन् । पछिल्लो समय चर्चित अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण भएको छ ।

अभिनेता रावलले आफु कोरोना संक्रमित भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन र टेस्ट गराउन आग्रह गरेका छन् ।

उनले मार्च ९ मा कोरोनाको खोप पहिलो डोज लगाएका थिए ।

पछिल्ला दिनमा बलिउडका कैयौं सेलिब्रेटी कोरोनाको चपेटामा आएका छन् । चर्चित मोडल एवं अभिनेता मिलिन्द सोमन, अभिनेता आमिर खान, आर माधवन, निर्देशक सतिश कौशिक, कार्तिक आर्यन, सिद्धान्त चतुर्वेदीलगायत कोरोना संक्रमित भएका छन् ।

यस्तै निर्देशक संजय लीला भंसाली र रणवीर कपुरसमेत कोरोनाको चपेटामा आएका थिए । अभिनेता रणवीर कपूरले भने कोरोनालाई जितेको बताइएको छ ।