बुद्ध थिएटर फेस्टिभलमा यशोधराको पीडा

काठमाडौ : बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’मञ्चनभएको छ । थिएटर मलमाकेहीवर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमामञ्चनभएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीकाकलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमातयार भएको हो ।

१ घन्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रितथियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे । यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए । यही ६ वर्षको बीचमायशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो ।

नाटककार अभि सुवेदीले यशोधरालाई विम्बाको नामदिँदै उनको अन्तद्र्धन्द्धलाई प्रस्तुत गरेका थिए । शुक्रबार मञ्चनभएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्धारा अझै रोचकतरिकाले प्रस्तुत गरेका थिए । नाटकमा सिरपामानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानीथापा, अम्बिका बरालआदिकलाकारले अभिनय गरेका छन् ।

गतआइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमाभारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुतभइसकेका छन् । राष्ट्रिय नाच घरको प्रेक्षालयमाभइरहेको फेस्टिभलमा मञ्चनभएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो । शनिबारको अन्तिममञ्चनसँगै फेस्टिभलको समापनहुने फेस्टिभल निर्देशकपुष्कर गुरुङले जानकारी गराएका छन् । अन्तिमदिनमहोत्सवमाविरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’मञ्चनहुनेछ ।