होलीको रंगमा घरमै रंगिए सेलिब्रेटी (फोटोसहित)

सरकारले कोरोनाको जोखिम कम भएको भन्दै घरबाहिर होली नखेल्न सबैलाई आग्रह गरेको थियो । सरकारको आग्रहलाई मान्दै नेपालका सेलिब्रटीले आ–आफ्नै घरमा होली मनाएका छन् । आज हिमाली तथा पहाडी क्षेत्रमा फागू पर्व मनाइएको छ ।

अभिनेत्री रेखा थापाले आमासँग होली मनाएको तस्विर सामाजिक सञ्जालमा राखेकी छन् । उनले आफु बस्दै आएको अपार्टमेन्टमा आमासँग होली खेलेको तस्विर फेसुबुकमा राखेकी हुन् । उनले आमासँग होलीमा रंगिएको तस्विर पोस्ट गर्दै सबैको जीवनले डर र चिन्ताबाट मुक्ति पाओस् भन्दै होलीको शुभकामना दिएकी छन् ।

सधैँ घरमा नै होली मनाउने अभिनेत्री करिश्मा मानन्धरले यस पटक भने परिवारसँग मात्र मनाएकी छन् । उनले परिवारसँग मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट्याएकी छन् । गत वर्ष देखि उनले परिवारसँग मात्रै होली मनाएकी छन् । कोरोनाको त्रास नहुने हो भने उनकाको निवासमा होली मनाउन फिल्मकर्मीहरुको ठूलो जमघट भइसकेको हुन्थ्यो ।

अभिनेत्री सञ्चिता लुईटेलले पनि परिवारसँग नै होली मनाएकी छन् । उनले आज बिहानै घरको छतमा श्रीमान निखिल उप्रेती र छोरा–छोरीसँग होली मनाएको तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् । ‘ए मेरो हजुर ४’का टिमका कलाकार सुहाना थापा र अनमोल केसी, सलोन बस्नेत लगायतले पनि होली मनाएका छन् ।

त्यस्तै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि परिवारका साथ होली मनाएका छन् । उनीहरुले एकअर्कालाई रंग दलेर होली मनाएको तस्विरमा देख्न सकिन्छ । उनीहरु निकै खुसी रहेको सार्वजनिक तस्विरमा देख्न सकिन्छ । आज धेरै जसो कलाकारहरुले साधारण अविर लगाएर होली मनाएका छन् ।

निर्देशक तथा कलाकार दीपकराज गिरी , दीपाश्री निरौलाले पनि सँगै होली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । अभिनेत्री नीता ढुंगाना देखि नम्रता सापकोटा,एलिजा गौतम, आँचल शर्मा, सुष्मा कार्की, पूजा शर्मा, वर्षा सिवाकोटी,केकी अधिकारी, पल शाह ,नाजिर हुसेन,गायिका इन्दिरा जोशी, लगायतका कलाकारले पनि घरमै बसेर होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।