‘दंगल गर्ल’ अभिनेत्री फातिमा सना शेख कोरोना संक्रमित
- मेराेफिल्म
बलिउडका कलाकारमा कोरोना संक्रमण बढ्ने क्रम जारी रहेको छ । ‘दंगल गर्ल’ अभिनेत्री फातिमा सना शेख कोरोना संक्रमित भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको बताएकी छन् । उनले लेखेकी छन्, ‘मेरो कोभिड १९ को टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टिनमा छु । तपाईको चिन्ता तथा प्रार्थनाको लागि धन्यवाद । सुरक्षित रहनुहोस् साथीहरु ।’
अहिले फतिमा एक फिल्मको अभिनयमा ब्यस्त रहेको बुझिएको छ ।
उनी अभिनेता अनिल कपुरसँग एक फिल्मको सुटिङमा ब्यस्त रहेकी छन् । फिल्मको बारेमा अहिले धेरै जानकारी सार्वजनिक गरिएको छैन । केहि दिन अघि मात्रै अभिनेता परेश रावललाई कोरोना संक्रमण भएर आइसोलेशनमा बसेका छन् ।
२०७७ चैत १८ गते ८:४२ मा प्रकाशित
प्रतिक्रिया