कोरोना संक्रमण भएपछि होम क्वोरेन्टाइनमा गोविन्दा

बलिउड चर्चित अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफुलाई कोरोना संक्रमण भएको भन्दै सामाजिक सञ्जालमार्फत बताएका हुन् । कोरोना संक्रमण भएपछि गोविन्दा होम क्वारेन्टिनमा बसिरहेका छन् ।

उनले सामाजिक सञ्जालबाटै कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्। गोविन्दामा कोरोना संक्रमण भएको पुष्टि भएता पनि उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको पनि सामाजिक सञ्जालमा उल्लेख गरिएको छ।