अक्षय कुमारसहित फिल्म ‘रामसेतु’का ४६ कलाकारमा कोरोना संक्रमण

बलिउड फिल्म ‘रामसेतु’का ४६ कलाकारमा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । अभिनेता अक्षय कुमारसहित ४६ जना कलाकारमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित सबै कलाकार क्वारेन्टाइनमा छन् । सोमबारदेखि एक सय जना मानिस रामसेतुको सेटमा आफ्नो काम शुरु गर्ने वाला थिए । त्यसअगावै कोरोना रिपोर्टमा ४५ जना जुनियर कलाकारमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । रिपोर्ट आएसँगै फिल्म शुटिङ तत्कालका लागि बन्द गरिएको छ । गत विहीबार नै अभिनेता अक्षय कुमारलाई कोरोना पुष्टि भएको थियो । सोमबार अक्षय कुमारलाई पवइको हिरानन्दानी हस्पिलटमा भर्ना गरिएको छ ।