अक्षय कुमारको ‘सुर्यवंशी’ पोस्टपोन्ड

बलिउड फिल्म ‘सूर्यवंशी’ को रिलिज फेरि पोस्टपोन्ड भएको छ । भारतमा पुनः कोरोनाको दोस्रो लहर चलेपछि निर्माण टिमले फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन गरेको हो । फिल्म रोहित सेट्टीद्धारा निर्मित तथा निर्देशित ‘सुयंवंशी’ आगामी ३० अप्रिल (बैशाख १७) मा प्रदर्शनमा आउने तयारीमा थियो ।

कोरोनाका कारण भारतका विभिन्न ठाउँमा रात्रिकालिन कर्फ्यू लगाउन थालिएपछि फिल्मको प्रदर्शन मिति अनिश्चित भएको हो । यसअघि पनि फिल्मको कोरोनाका कारण रिलिज रोकिएको थियो । फिल्म‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो हो । यस फिल्ममा अक्षय कुमार, कैटरीना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ ।

कोरोनाका कारण केहि दिन अघि फिल्म ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज रोकिसकेका छन् । निकै आसलाग्दो फिल्म सलमान खान अभिनित ‘राधे’ र कंगना रनावतको ‘थलाइवी’ को रिलिजको तयारीमा छन् । यि दुइ फिल्मले अहिलेसम्म पोस्टपोन्ड गर्ने तयारी गरेको छैनन् ।

https://www.facebook.com/TaranAdarshOfficial/posts/404345041051787