२८ बर्षमा वर्षा, प्रेम सम्बन्ध सधैको चर्चामा

नायिका वर्षा शिवाकोटीको आज जन्मदिन । वर्षा २८ वर्षमा प्रवेश गरेकी छिन्।

मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् ।

पछिल्लो समय फिल्ममा उनी खुबै जमेकी छिन् । त्योभन्दा पनि म्युजिक भिडियो र विज्ञापनहरुमा उनको चर्चा छ । पछिल्लो समय सर्वाधिक व्यस्त छिन् । फिल्मको सेड्यूल मिलाउन धौ–धौ परेपछि उनले केही फिल्म छाड्नु पनि परेको छ ।

‘नाई नभन्नु ल–२’ बाट फिल्ममा डेब्यू गरेकी वर्षा अचेल प्रेम सम्बन्धका कारण चर्चामा छिन्।

केही महिना अगाडि मात्रै सविनजंग थापाले आफूसँग १७ महिने प्रेम सम्बन्ध तोडेको आरोप लगाएका थिए।

यतिबेला फेरि उनको चर्चा अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालसँग जोडिएको छ। दुवैले यसपालीको होली पनि सँगै खेलेका थिए।

वर्षाले जन्मदिनमा भगवानको प्रार्थना गरिरहेको तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा उनी धुप हातमा लिएर आँखा चिम्लिएर ध्यानमा देखिन्छिन् ।