करिनाको मुखमा २६ हजारको माक्स, छेक्ला त कोरोना ?

अहिले बलिउड फिल्म क्षेत्रमा २६ हजार पर्ने मााक्सको चर्चाले ठाउँ पाएको छ । कोरोना संक्रमण दिनदिनै बढिरहेको अवस्थामा अभिनेत्री करीना कपूरले २६ हजार मुल्यको माक्स लगाएकी छन् । उनले माक्स लगाएपछि यो कुनै प्रपोगान्डा नभएको समेत सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
मंहगो मुल्यको माक्स लगाएको तस्विर इन्ष्टामा पोष्ट गर्दे आफ्ना प्रशंसकहरुलाई मास्क लगाउन र स्वास्थ्य सुरक्षाका विधा अपनाउन आग्रह गरेकी छन् । उनले कालो मास्क लगाएको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्, ‘यो कुन प्रपोगन्डा होइन, अनिवार्य मास्क लगाउनुस् ।’


करिनाले लगाएको सेतो अक्षरमा ‘एलभी’ लेखिएको मास्कको मुल्य अमेरिकी ३५५ डलर भन्दा बढि पर्छ । भारतको करेन्सीमा यो मास्कको मुल्य २६ हजार र नेपालमा ४१ हजारभन्दा बढी हुन्छ । अहिले बलिउडमा धमाधम कलाकारलाई कोरोना संक्रमण भइरहेको छ । जसमा रणवीर कपूर, आलिया भट्ट, अक्षय कुमार, परेश रावल, विक्की कौशल, भूमि पेडनेकर, कटरीना कैफ लगायतका कलाकारहरु कोरोनाको चपेटामा परेका छन् ।

https://www.instagram.com/kareenakapoorkhan/