‘हिमानी’ थाति राख्दै ‘विवेक’ निर्माणमा माधव वाग्ले

फिल्म निर्माता माधव वाग्ले नयाँ फिल्म ‘विवेक’ निर्माण गर्ने भएका छन् । आफ्नै लगानी तथा निर्देशनमा फिल्म निर्माण गर्न लागेका हुन् । उनले यस फिल्मका लागि अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिइसकेका छन् । आफ्नै होम प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमानिर्माण गर्न लागेको फिल्ममा विपिन र स्वस्तिमाका अलवा अन्य पात्र अडिसनबाट छानिने निर्माणपक्षले जनाएको छ ।
हिजो साँझ निर्माता माधवले आफ्नो फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै नयाँ फिल्म निर्माण गर्न लागेको उल्लेख गरेका छन् । जसमा विपिन कार्कीलाई निराश मुद्रामा देख्न सकिन्छ । फिल्मका लागि अन्य पात्रको खोजिमा रहेका माधवले मधेशी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अडिसन गर्न लागेका छन् । जहाँबाट फिल्मका लागि सुट हुने केहि पात्र लिइने छ ।
यस फिल्मलाई लेखनाथ कोइरालाको लेखेका छन् । फिल्म नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुने माधवको भनाई छ ।

अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ निर्माणमा जुटेका माधव र भुवन केसीबीच मनमुटावका कारण छोडेका थिए । फिल्म ‘पारस’बाट हात झिकेपछि उनले चलचित्र विकास बोर्डमा फिल्म ‘हिमानी’ दर्ता गरे । अहिले ‘हिमानी’थाती राखेर फिल्म ‘विवेक’मा निर्माणमा गर्न लागेका हुन् ।

https://www.facebook.com/permalink.php?story_fbid=3947471871957471&id=100000840921405