भर्चवल माध्यमबाट गीती एल्बम बिमोचन

चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल  गायक बिशाल राईको पहिलो सांगीतिक कोशेली गीती संग्रह ‘सेन्मी’ बिमोचन गरिएको छ । कोभिडको बढ्दो कारण  र प्रबिधिलाइ सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीती संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो ।

प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,बरिस्ठ संगीतकार सुरेश अधिकारी , लोकप्रिय गायक एबम  म्युजिक नेपालका बिजनेस हेड राजिव लोहनी र  गायक बिशाल राईले सयुक्त रुपमा गीती संग्रह ‘सेन्मी’को बिमोचन गर्नु भएको थियो ।  ५ वटा गीतहरु संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सगीत रहेको छ  भने महाराज थापाको एरेन्ज रहेको छ  ।

नारी , नपिलाउ ,निदै उडेर, तिमि गैगयौ,म त हजुर गीत समाबेश गीतहरूमध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो  । हजारौ दर्शकले कार्यक्रमलाइ म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रतक्ष्य हेरेका थिए । सो कार्यक्रममा गायक बिशाल राईले  एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए  । गीती संग्रह ‘सेन्मी’लाइ म्युजिक नेपालले बजारमा ल्याएको हो  । ‘सेन्मी’ एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ ।