सन्दिपको बेष्ट फिल्ममा हेलचक्राई

- मेराेफिल्म


फिल्म श्री रिलिज हुने भयो नयाँ वर्षमा । नयाँ वर्षमा धमाधम फिल्म पोष्टपोन्ड भएको अवस्था छ । कृष्णलीला, लप्पन छप्पन २ आएनन् । यी फिल्मलाई कोभिडसँग डर लाग्यो । कोभिडले गर्दा फिल्म रिलिज गरेर काम छैन भन्ने त हो ।

श्री आउने भयो । एक हप्ता अघि पनि आउने भन्ने थिएन । आइदियो फिल्म अब । शुक्रबारदेखि आउँदैछ । आज बिहिबार । भोलीदेखि लाग्न लागेको फिल्म चल्दैछ भन्ने पनि दर्शकलाई थाहा छैन । ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको फिल्म हलमा लाग्दैछ । सन्दिप क्षेत्रीले यो फिल्म करिअरकै बेष्ट फिल्म हो भनेका छन् । बनाउन त यो फिल्मलाई वेव सिरिजको तरिकाले बनाइयो । हलमा किन लाग्न लागेको हो निर्माता र वितरकले जान्ने कुरा हो भनेर भनौ ।

सन्दिपको फिल्मको प्रचार छैन । उनी, वेष्ट फिल्म हो मेरो भनिरहेका छन् । तर, फिल्म आएर गएको थाहा भएन भने के हुन्छ । एउटा कलाकारको श्रृजना मरेन । किन यति हेलचक्राई रिलिजमा ।

नयाँ वर्षमा ल्याउनु थियो भने समय लिएर फिल्मको हल्ला गर्न पर्दैन । २ दिन अघि निर्णय गरेर यस्तो हेलचक्राई किन होला ?

२०७७ चैत २६ गते १०:२२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *