‘फूल बारीमा फूल’ भन्दै प्रकाश सपुत र गरिमा शर्मा

नेपाली गीत संगीत बजारमा धमाधम आइरहेका छन् । पछिल्लो समय नयाँ गीत ‘फुल बारीमा फुल’ सार्वजनिक भएको छ । गायिका सुनिता बिसी र गोविन्द पौडेलको स्वरमा रहेको यो गीत सार्वजनक भएको हो । जसमा शब्द तथा लय गायक पौडेल कै रहेको छ ।

‘बगैचामा सयौ फूल फुलेको, एउटै फूलमा यो नजर डुलेको फूलबारीमा फूल छ । जुन फूलमा रस पाउँछ त्यहि भमरा डुल्छ जस्ता शब्द रहेको गीतमा निकै राम्रो भिडियो बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा प्रकाश सपुत र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् । गीतको भिडियोलाई दीपक बिष्टको सम्पादन गरेका छन ।