भूवनले बनाउने फिल्म कुन हो ?

- मेराेफिल्म

भूवन केसी । हिरोमा मात्र होइन, निर्माणमा पनि सफल । अभिनेता अनमोल केसी स्टार भएपछि भूवनलाई झनै सजिलो । फिल्म आफै बनाउने, आफै कमाउने । अनमोलको क्रेज फापेको छ भूवनलाई अहिले भनेर भनौ ।

तर, क्याप्टेन फिल्मपछि भूवनले फिल्म बनाउनमा दिमाग चलाएका हुन् कि धेरै । ३ वटा फिल्मको घोषणा भैसक्यो । बनाउने कुन हो टुंगो लाग्या होइन । जुन देख्यो त्यही बनाउने भनेर हिड्छन् त ।

एन्टी हिरोको कुरा भयो । जसिता गुरुङ अभिनेता फाइनल । संझौता भयो फिल्ममा । तर, फिल्म बनेन । बन्छ भन्न त भूवनले छाडेका होइनन् । तर, बन्छ कसरी ।

माधव वाग्लेको पारसको कथा पढेपछि भूवनको मन लोभियो । यही फिल्म बनाउँछु भनेर लागे । तर, अब मन फेरि माइतीघर २ तिर । यो फिल्मको कथा पनि भूवनलाई मन परेको होला । लागेका छन् यही बनाउने भनेर । ३ फिल्ममा बनाउने कुन हो ।

फिल्म बनाउँछु भनेर दर्ता मात्र गर्छन् कि बनाउँछन् पनि । अनमोललाई पनि घाटा होला है यसरी त ।

२०७७ चैत २७ गते १०:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *