नम्रता जसरी नै फिल्म खेल्ने हुन् केकीले ?

- मेराेफिल्म


याद छ नी प्रसाद फिल्म । हिट भयो नी फिल्म त खुबै । प्रशंसा जताततै । तर, कसको भन्दा फिल्मका अभिनेता विपिन कार्की र कथाको । अभिनेत्री नम्रता श्रेष्ठ छायामा परिन् । कारण, थियो एउटै । के भन्दा यो फिल्ममा उनको नक्कली कपाल । सुहाएन कत्ती पनि । दर्शकले पनि सुहायो त भनेनन् ।

नम्रताको वाध्यता थियो । जाइरा फिल्मका लागि मुडुलो बनाएको टाउकोमा नक्कली कपाल लगाएर खेल्नु पर्यो प्रसाद ।

अब, अभिनेत्री केकी अधिकारीले पनि नक्कली कपाल लगाएर नै फिल्म खेल्ने हुन् र । उनले कपाल मुडुलो बनाएकी छिन् । फिल्म खेल्ने निर्णय पनि गरेकी छिन्, घिन्ताङ । यो फिल्मका लागि उनले वैशाख ६ गतेबाट छायांकन सुरु गर्नुपर्ने छ । यसो हो भने त कपाल मुडुलो नै छ । कपाल बल्ल पलाउँदैछ । केकीको नक्कली कपालले काम गर्ला कि के गर्ला त ? नम्रताको जस्तै चै नहोस् । भन्ने यत्ती त होला ।

२०७७ चैत २७ गते १०:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *