श्याम र बुनुको ‘बुलबुल तालैमा‘

गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर गीत चर्चित ‘बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ। २०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल यस ‘बुलबुल तालैमा‘ गीत २०५४ सालमा रि- रेकर्डिङ हुदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको थियो। दर्शक तथा स्रोताको मनमा बस्न सफल ‘बुलबुल तालैमा‘ गीतलाई श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा पुन रि- रेकर्डिङ गरि सार्वजनिक गरिएको हो।
गायक श्याम गुरुङ यति बेला अहिले अमेरिमा बसोबास गर्दै आएका छन् ।कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ। सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव  त्रिपाठी ,यांगशु श्रेष्ठ र आकंछा तामांग फिचर्ड गरिएको छ।संसारको सबै भन्दा होचो व्यक्ति  मनोज बिकको समेत यस गीतमा अभिनय रहेको रहेको ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र  शाही  ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गर्नु भएको हो । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।गीतलाई फुर्बा  पाख्रिन तामांगले  रेकर्डिङ गरेका हुन् ।यस गीतमा श्याम गुरुङको स्वर अमेरिकाको मेलोडी स्टुडियो बाल्टिमोरमा रेकर्ड गरिएको हो ।