‘राधे’ प्रदर्शन गर्न अलमल गर्दै सलमान खान

पछिल्लो समय भारतमा कोरोना संक्रमित बढेसँगै बलिउड फिल्मको रिलिज स्थगित भएका छन् । अभिनेता सलमानले फिल्म ‘राधे’ प्रदर्शनका अलमल गरिरहेका छन् । उनले फिल्म रिलिज गर्ने की नगर्नेमा आफु दोधारमा रहेको बताएका छन् ।

फिल्मलाई आगामी १३ मे (इद) रिलिज गर्ने घोषणा गरिएको छ । कोरोना संक्रमति दैनिक बढिरहेकोले फिल्म प्रदर्शन गर्ने नगर्ने कुरामा सलमान अल्झिका छन् । हालै एक मिडियामा अभिनेता सलमानले कोरोनाको सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण बढ्दै गए फिल्मको रिलिज सार्न सकिने बताएका छन् ।

उनले अन्तरवार्तामा भनेका छन्, ‘हामीले गत वर्षको इदमा नै फिल्म ल्याउने घोषणा गरेका थियौं । तर, कोरोनाका कारण स्थगन गर्नुप¥यो । फेरि हामीले यसपालीको इदका लागि कमिटमेन्ट ग¥यौं । विश्वास गरौं, फिल्म चाँडै रिलिज हुनेछ । फिल्म राम्रो बनेको छ, त्यसैले राम्रो चल्छ ।’
उनले कोरोना संक्रमण कम भएको खण्डमा मात्र रिलिज गर्न सकिने प्रतिक्रिया दिएका छन् । उनले फिल्म नसार्ने पक्षमा रहेको र कोरोना बढेको खण्डमा सार्नुपर्ने अवस्था आउने बताएका हुन् ।

उनले भने,‘हामी यस वर्षको इदमै फिल्म रिलिज गर्न चाहन्छौं र यसका लागि कोशिश पनि गरिरहेका छौं । तर, लकडाउन जारी रह्यो भने अर्को इदसम्मका लागि पोस्टपोन्ड गर्नुपर्ने हुनसक्छ । स्वास्थ्य सुरक्षाका विधा अपनाए भाइरस चाँडै सकिनेछ ।’ प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका रहेको छ । बलिउड र नेपाली हलवाला यो फिल्म चलेको खण्डमा चलायमान हुन्छ की भन्नेमा आशाबादी देखिएका छन् ।